सुदूरपश्चिम प्रदेश सरकार आज पुन: विस्तार गरिएको छ। नेकपा एमाले र नेकपाबीच गठबन्धन भएपछि बनेको नयाँ सरकारमा नेकपाका खगराज भट्टले पुन: मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

यसअघि एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री विस्तार गरेका भट्टले नेकपातर्फबाट मन्त्रीहरू आज थपेका हुन्।

जसअनुसार प्रकाश रावल वनमन्त्री, ओमविक्रम भाट भौतिक मन्त्रालय, खुसीराम डगौरा थारु कानुनमन्त्री, इन्दिरा गिरी राज्यमन्त्रीऽ जानकीदेवी कुँवर राज्यमन्त्री बनेका छन्।

आजै उनीहरूको शपथ हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय