बङ्गलादेशको रंगपुरमा एकै परिवारका चार सदस्य आफ्नै घरमा संदिग्ध अवस्थामा मृत फेला परेका छन् । मृतकमा ६५ वर्षीय सेवा निवृत्त शिक्षक गणपति चक्रवर्ती, उनकी ५० वर्षीया पत्नी प्रीतिलता, २३ वर्षीया छोरी अगामी र १२ वर्षीय छोरा प्रियम छन् ।

शनिबार राति रंगपुरको दशपाडा क्षेत्रमा रहेको घरको ताला तोडेर प्रहरीले चारै जनाको शव फेला पारेको हो । परिवारका सदस्यसँग बिहीबारदेखि सम्पर्क हुन नसकेपछि आफन्तहरू घर पुगेका थिए ।प्रहरीका अनुसार आमा र छोरीको शव सिँढी नजिक, गणपति चक्रवर्तीको शव छतमा र १२ वर्षीय प्रियमको शव पलङमुनि फेला परेको थियो ।

घटना कारण, मृत्युको समय र परिस्थितिबारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । रंगपुर महानगरीय प्रहरीसँगै क्रिमिनल इन्भेस्टिगेसन डिपार्टमेन्ट (सीआईडी) र डिटेक्टिभ ब्रान्च (डीबी) ले घटनाको अनुसन्धान गरिरहेका छन् ।आफन्तहरूले मृतक गणपति चक्रवर्तीको कसैसँग दुस्मनी नरहेको बताएका छन् । प्रहरीले भने अनुसन्धान अघि बढेपछि मात्रै चारै जनाको मृत्युको वास्तविक कारण र घटनामा को जिम्मेवार छ भन्ने खुल्ने जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय