काठमाडौँ । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड-२०२६’ बाट सम्मानित भएकी छन् । शनिबार एभरेस्ट इभेन्टले काठमाडौँमा आयोजना गरेको समारोहमा फेसन डिजाइनिङको क्षेत्रबाट समाज, युवापुस्तामाझ पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

त्यस अवसरमा चौलागाईंसहित विभिन्न क्षेत्रमार्फत समाजलाई योगदान पुर्‍याउने १० जनालाई सम्मान गरिएको थियो । एभरेस्ट इभेन्टले हरेक वर्ष ‘एभरेस्ट एक्सिलेन्स अवार्ड’ प्रदान गर्दै आएको छ ।
‘यस्ता सम्मानहरूले कामप्रतिको लगाव र जिम्मेवारी अरू बढाउँछ । आफूले पढेको, सिकेको सीपले समाजका लागि पनि सानै भएपनि योगदान दिन सकेछु कि भन्ने महसुस गराउँछ,’ रातोपाटीसँग सुक्निताले भनिन्, ‘यो इनर्जी र क्रिएसनलाई अझै बढाउने प्रेरणा मिल्छ ।’ सुक्निता चौलागाईं एक दशकदेखि फेसन डिजाइनिङको क्षेत्रमा क्रियाशील छिन् । नेपाली फिल्म र म्युजिक भिडियोमा उनले डिजाइन गरेका पहिरनहरूको माग उच्च हुने गरेको छ । साथै राष्ट्रिय-अन्तर्राष्ट्रिय मोडलहरूले उनका उत्कृष्ट डिजाइन पहिरिएर र्‍याम्प नाप्ने गर्छन् । उनका डिजाइनहरूमा देशका प्रसिद्ध सेलिब्रेटीहरू समेत सजिने गरेका छन् । सुक्निता नेतृत्वको टिमले केही समयअघि मात्रै काठमाडौँको कोटेश्वरमा ‘भ्यालेन्टिनो फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज’ सञ्चालनमा ल्याएको छ । भ्यान्टिनो द बुटिककी सञ्चालिका उनी फेसन डिजाइनिङमा लाग्न चाहने युवायुवतीका लागि प्रेरणाको स्रोत समेत बनिरहेकी छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय