काठमाडौँ— काठमाडौँमा बसोबास गर्दै आएका पूर्व आरुपोखरी गाउँ विकास समिति, गोरखाका बासिन्दाहरूले यस वर्षको गाईजात्रा पर्व भव्य रूपमा मनाउने भएका छन्।
आरुपोखरी समाजको आयोजनामा हुन गइरहेको यस कार्यक्रममा विगतका वर्षहरूमा झैँ यस पटक पनि आफ्नो मौलिक धर्म, परम्परा र इतिहासलाई जीवित राख्ने उद्देश्यका साथ गाईजात्रा निकालिने भएको छ।
दिवङ्गत स्व. टल्की माया श्रेष्ठको सम्झनामा निकालिने गाईजात्रासहितको यो कार्यक्रम आगामी भाद्र १३ गते बिहान ११ बजेबाट सुरु हुनेछ।
आयोजक समितिका अनुसार कार्यक्रम बोहोराटारस्थित टावरको नजिकबाट सुरु भई वसन्तपुरसम्म पुग्नेछ। समाजले सम्पूर्ण आरुपोखरीवासी तथा शुभचिन्तकहरूलाई यस कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउन हार्दिक अनुरोध गरेको छ। कार्यक्रमसम्बन्धी थप जानकारीका लागि दिलिप श्रेष्ठलाई ९८४१७७६५५५ मा सम्पर्क गर्न सकिनेछ।






