काठमाडाैँ । गाजामा प्रस्तावित अन्तर्राष्ट्रिय सुरक्षा बलमा सेना परिचालन गर्ने विषयमा छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारीहरूले गत साता इजरायल भ्रमण गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ ले नाजुक युद्धविराम कायम गर्न गाजामा अन्तरराष्ट्रिय स्थिरीकरण बल तैनाथ गर्ने योजना बनाएको छ । बोर्डका एक अधिकारीका अनुसार युगान्डाका अधिकारीहरू बुरुन्डीको सैन्य प्रतिनिधिमण्डलसँगै इजरायल पुगेका थिए ।युगान्डाले यसै महिना संसदबाट गाजामा सेना पठाउने निर्णय अनुमोदन गराएपछि आफ्नो सहभागिताको विवरण अन्तिम रूप दिइरहेको छ । बुरुन्डीले भने अझै कुनै निर्णय गरेको छैन तर प्रक्रियामा अघि बढ्न इच्छुक देखिएको अधिकारीले बताए ।युगान्डाले यसै महिना संसदबाट गाजामा सेना पठाउने निर्णय अनुमोदन गराएपछि आफ्नो सहभागिताको विवरण अन्तिम रूप दिइरहेको छ । बुरुन्डीले भने अझै कुनै निर्णय गरेको छैन तर प्रक्रियामा अघि बढ्न इच्छुक देखिएको अधिकारीले बताए ।गाजाका लागि प्रस्तावित अन्तरराष्ट्रिय बलमा मोरक्को, कोसोभो, काजाकिस्तान र अल्बानियाले पनि सैनिक पठाउने प्रतिबद्धता जनाएका छन् । युगान्डाले करिब एक हजार दुई सय र मोरक्कोले पाँच सयसम्म सैनिक पठाउने प्रतिबद्धता जनाएका छन् । अन्य तीन देशले संयुक्त रूपमा करिब ८० सैनिक पठाउने भएका छन् ।
इन्डोनेसियाले आठ हजार सैनिक पठाउने तयारी गरे पनि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि योजना स्थगित गरेको थियो । प्रस्तावित अन्तरराष्ट्रिय बलमा करिब २० हजार सैनिक रहने र यसको नेतृत्व अमेरिकी मेजर जनरल ज्यास्पर जेफर्सले गर्ने योजना छ ।
सम्झौताअनुसार उक्त बलले युद्धविरामको अनुगमन, प्यालेस्टिनी प्रहरीलाई तालिम तथा मानवीय सहायता सुरक्षित रूपमा वितरण गर्न सहयोग गर्नेछ । तर इजरायली सेना फिर्ता र हमासको निशस्त्रीकरणसम्बन्धी मतभेदका कारण युद्धविराम कार्यान्वयनमा प्रगति हुन सकेको छैन ।
युगान्डा र बुरुन्डीले सोमालियामा अल–शबाबविरुद्ध अफ्रिकी सङ्घको शान्ति मिसनमा लामो समय सैनिक परिचालन गरेका छन् । जर्ज वासिङ्गटन विश्वविद्यालयका सुरक्षा नीति विज्ञ पल डी. विलियम्सका अनुसार दुवै देशसँग गाजामा प्रस्तावित मिसनका लागि उपयोगी शान्ति स्थापना अनुभव छ ।
एक युगान्डाली सैन्य अधिकारीले गाजामा परिचालनका लागि सैनिक छनोट भइरहेको बताएका छन् ।






