काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा विवाह दर्ताका लागि नक्कली कागजात पेस गरेको पाइएपछि निवेदकलाई आवश्यक कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ।

अदालतका अनुसार सोमबार विवाह दर्ताका लागि निवेदनसहितका आवश्यक कागजात पेस गरिएकामा मंगलबार इजलासमा पेस हुँदा कागजातमा शङ्का लागेर रुजु गरिएको थियो। बूढानीलकण्ठ नगरपालिका वडा नं. २ का वडाध्यक्षको हस्ताक्षर र भदौ ४ गतेको मिति उल्लेख भएका चलानी नम्बर १७६ र १७७ को अस्थायी सिफारिसपत्रमा शङ्का लागेपछि रुजु प्रक्रिया अघि बढाइएको थियो।सो सम्बन्धमा सम्बन्धित वडाध्यक्ष राजेन्द्र श्रेष्ठसँग टेलिफोन र ह्वाट्सएप मार्फत सम्पर्क गरी सोधपुछ गर्दा उक्त चलानी नम्बरका अस्थायी सिफारिसपत्रमा भएको सहीछाप र कार्यालयको छाप आफ्नो नभएको जानकारी उनले दिएका थिए। वडाध्यक्षबाट कागजात फर्जी भएको पुष्टि भएपछि अदालतले मंगलबार निवेदन, संलग्न कागजात र निवेदकलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबारको जिम्मा लगाएको श्रेस्तेदार उपसचिव घनेन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय