काठमाडौं । रसुवा बाढीका कारण सम्पर्कविहीन भएका पर्यटक ४ सय ३ पुगेको छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार ३ सय ४१ विदेशी र ६२ नेपाली पर्यटक सम्पर्कविहीन भएका छन् । जसमा २ सय ३ पुरुष र २ सय महिला छन् ।
सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतीय छन् । कुल १ सय ३३ भारतीय पर्यटक बेपत्ता छन् । अमेरिकी ४७ जना बेपत्ता छन् । बेलायती ३३, अस्ट्रेलिया ३४, क्यानडा २४, मलेसिया १९, युक्रेन ७ र दक्षिण अफ्रिकका ६ पर्यटक बेपत्ता छन् ।
त्यसैगरी सिंगापुरका ६, न्यूजिल्यान्ड र जापान ५/५, जर्मनी ४, फ्रान्स ३ र स्पेनका २ पर्यटक सम्पर्कविहीन छन् ।






