काठमाडौँ।  प्राकृतिक विपत्तिबाट प्रभावितहरूको राहत र पुनर्निर्माणमा सहयोग पुर्‍याउन चाहने विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय दाताहरूका लागि सरकारले नयाँ अनलाइन पोर्टल विकास गरेको छ।

पोर्टल सञ्चालनमा आएसँगै अब विश्वभर रहेका नेपाली नागरिक र विभिन्न दातृ निकायहरूले सिधै नेपाल सरकारको आधिकारिक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रकम जम्मा गर्न सक्नेछन्।

विदेशबाट सहयोग पठाउँदा हुने प्राविधिक कठिनाइलाई हटाउन र सहयोग संकलन प्रक्रियालाई थप पारदर्शी एवं व्यवस्थित बनाउन यो पोर्टल विकास गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय