काठमाडौँ । मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितका लागि सहुलियत र पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको बैठकपछि शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता तथा सस्मित पोखरेलले जानकारी दिए ।

त्यस्तै, बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

‘भदौ १० गते नेपाल–चीन सिमाना एवं भोटेकोशी नदीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय