श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो फेसबुकमार्फत पार्टीको बैंक खातासँग सम्बन्धित क्युआर कोड तोडमोड गरी बदनाम गरेको आरोप लगाएको छ ।

श्रम संस्कृतिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा पार्टीले रकम संकलन गरिरहेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण गरेको उपाध्यायमाथि आरोप लगाइएको हो ।

पार्टीका महासचिव आरेन राईले विज्ञप्ति जारी गर्दै उपाध्यायले सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरेको सूचना तथ्यहीन, भ्रामक तथा वास्तविकताभन्दा फरक रहेको स्पष्ट पारेका छन् ।

श्रम संस्कृति पार्टीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा आफ्नो पार्टीको बैंक खाताको क्युआर कोडमार्फत रकम संकलन गरेको भन्ने आरोपको स्पष्ट रूपमा खण्डन गरेको छ। पार्टीले आम नागरिक तथा आफ्ना शुभेच्छुकलाई त्यस्ता भ्रामक सूचनाबाट भ्रमित नहुन आग्रह गरेको छ।

विज्ञप्तिमा पूर्वसचिव उपाध्यायले पार्टीविरुद्ध तथ्यहीन तथा भ्रामक सूचना निरन्तर रूपमा सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दै आएको दाबीसमेत गरिएको छ।

यस्ता गतिविधिबाट पार्टीको प्रतिष्ठामा असर पार्ने र जनमानसमा भ्रम सिर्जना गर्ने प्रयास भएको भन्दै पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

श्रम संस्कृति पार्टीले घटनाबारे आवश्यक कदम चाल्ने चेतावनीसमेत दिएको छ । अहिले राहत कोषको क्युआर श्रम संस्कृति र राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा पनि बनाएर ठगी भइरहेको गुनासो आएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय