बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका–२ धौलाडीका ५७ वर्षीय कालुसिंह धामीको सोमबार भिरबाट लडेर मृत्यु भएको हो ।
दिउँसो बाख्रा चराउन गएका बेला उनी १ बजेतिर घर नजिकैको जङ्गलमा रहेको भिरबाट खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ठगेन्द्र ऐरले जानकारी दिए ।धामी भिरबाट करिब ४०० मिटर तल खोलामा खसेका थिए ।







