नुवाकोट । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवासँगै नुवाकोटमा पनि ठूलो जनधनको क्षति गर्‍यो। धेरैको परिवार गुमे, भौतिक संरचना पनि गुमे। धेरै घाइतेहरू छन्। उनीहरू अझै पनि उपचारसँगै राहत र उपचारको पर्खाइमा छन्।

सधैँ आउजाउ गर्ने पुल तथा बाटोहरू बाढीले बगाएसँगै अहिले नुवाकोटका त्रिशूली नदीका तटीय क्षेत्रहरू बगरजस्तै भएका छन्। आउजाउ गर्न बाटो नभएपछि अहिले यहाँ तुइन जडान गरिएको छ। नुवाकोटको विदुर नगरपालिका-१ र ९ नम्बर वडामा आउजाउ गर्न त्रिशूली नदीमा तुइन जडान गरिएको हो।सर्वसाधारण नागरिक आउजाउन गर्न सहज होस् भनी मंगलबार बिहान तुइन जडान गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय