१९ भदौ, लन्डन (रासस/एएफपी) । अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी दोहोर्याएपछि बेलायतले टापुप्रतिको आफ्नो प्रतिबद्धता ‘पूर्ण र अडिग’ रहेको बताएको छ ।
बेलायतका रक्षामन्त्री वेस स्ट्रिटिङले फकल्यान्डका बासिन्दाले आफूलाई बेलायती मान्ने भएकाले उनीहरू बेलायती भएको बताउँदै माइलेले उठाएको विषयलाई घरेलु राजनीतिबाट प्रेरित भएको टिप्पणी गरे। माइलेले भने फकल्यान्डमाथि अर्जेन्टिनाको दाबीलाई समर्थन गर्ने ‘परिवर्तनको हावा’ चलिरहेको बताएका छन्।
सन् १९८२ मा फकल्यान्डलाई लिएर बेलायत र अर्जेन्टिनाबीच १० हप्तासम्म युद्ध भएको थियो। अर्जेन्टिनाले फकल्यान्डलाई ‘लास माल्भिनास’ भन्दै आफ्नो भूभाग दाबी गर्दै आएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फकल्यान्डसम्बन्धी अमेरिकी नीति पुनरावलोकन भइरहेको बताउनुभएपछि विवाद थप संवेदनशील बनेको छ। बेलायती मन्त्री लुसी पावेलले फकल्यान्ड बेलायतको नियन्त्रणमा रहेको टापु क्षेत्र भएको र त्यहाँका बासिन्दाले आफ्नो भविष्य आफैँ निर्धारण गर्ने अधिकारको रक्षा गरिने बताए।







