काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन गर्नेछन् । संसदमा सम्बोधनका लागि अहिले तयारी भइरहेको स्रोतले बतायो ।

भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ । बाढीपछि उद्धार तथा राहतका काम जारी रहे पनि ठूलो संख्यामा मानिसको ज्यान गएको र अझै धेरै सम्पर्कविहीन रहेको बताइएको छ ।

बाढीपछि प्रधानमन्त्री शाहले राष्ट्रका नाममा औपचारिक सम्बोधन गरेका छैनन् ।

आजको प्रतिनिधि सभा बैठकमा सभामुखले भोटेकोशी बाढी र त्यसबाट भएको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय