काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको माउन्ट कलाङ्गमा चाँडै हमला गरिने बताएका छन् ।

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकाले इरानस्थित ‘पिक्याक्स माउन्टेन’ मा चाँडै हमला गर्न सक्ने बताएका हुन् ।

इरानको नताञ्ज परमाणु केन्द्रनजिक रहेको उक्त क्षेत्र अत्यधिक सुरक्षित मानिन्छ । त्यहाँ जमिनमुनि निकै गहिरा दुईवटा सुरुङ रहेको बताइन्छ ।

ट्रम्पले इरानसँग जारी अमेरिकी संघर्षलाई ठूलो युद्धका रूपमा लिन नहुने टिप्पणीसमेत गरेका छन् । ‘धेरै मानिस यसलाई युद्ध भन्दैनन् । म यसलाई सैन्य संघर्ष भन्छु,’ उनले भने, ‘किनकी यो हाम्रा लागि निकै मामुली कुरा हो । यो कुनै ठूलो कुरा होइन ।’

ट्रम्पले भेनेजुएलामा अमेरिकी कारबाहीको उदाहरण दिँदै त्यहाँ अमेरिकातर्फ कुनै हताहती नभएको र इरानसँगको संघर्षमा १८ अमेरिकी सैनिक गुमाएको बताए ।

उनले भियतनाम युद्धमा अमेरिकाले एक लाख जनाको ज्यान गुमाएको उल्लेख गर्दै हालको संघर्षलाई त्यसको तुलनामा निकै सानो भएको दाबी गरे ।

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरानमा महिनौंदेखि जारी अमेरिकी सैन्य कारबाहीलाई ‘युद्ध’ भन्न नहुने बताएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय