काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानबहादुर शाहीले भोटेकोशी विपद्‌मा सङ्घीय सरकारले स्थानीय तहलाई परिचालन गर्न सुझाव दिएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै नेता शाहीले बाढीपछि सुरुङमार्गमा फसेका नागरिकहरूलाई उद्धार गर्न सरकारले ढिलाइ गरेको पनि बताए । ‘७२ घण्टापछि अनुगमनको टिम गयो, ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन’, शाहीले भने, ‘पर्वतारोहीहरु हामीले लगेर पठाएका मान्छे हुन्। सुरुङबाट निस्केका मान्छे हुन् जो आफै पीडित हुन् ।’उनले सांसद जनताका प्रतिनिधि भएको र जनताका आवाज उठाउने अधिकार भएपनि कार्यकारी अधिकार भएका मन्त्रीहरूसँग विपद्‌बारे भनिरहेको बताए। उनले संसद्‌मा आएर झुटो बोलेको भन्दै स्थानीय तहहरूलाई परिचालन नगरिएको बताए । उनले पाँच घण्टामा स्काइभेटर पठाउन सकिने भएपनि १४४ घण्टापछि मात्र सरकारले स्काभेटर पठाएको दाबी गरे।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय