गोरखा,
नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २१ औं गोरखा जिल्ला सम्मेलनबाट सुलभ अम्गाइको नेतृत्वमा जिल्ला सचीवको रुपमा सचिन खनाल र कोषाध्यक्षमा आकृति उपरकोटि निर्विरोध निर्वाचित हुनुभएको छ ।
अखिल क्रान्तिकारी जिल्ला समितिको गठन जिल्ला पार्टी कार्यलय पाटेचौरमा भएको थियो ।

सम्मेलनले सुलभ अम्गाइको अध्यक्षतामा ४२ सदस्यीय जिल्ला समिति गठन गरेको थियो ।

समितिको उपाध्यक्षमा सन्तोष बस्नेत , सरोज चुदार, सचिवमा सचिन खनाल, कोषाध्यक्षमा आकृति उपरकोटि, सहसचिवमा सन्ध्या अछामी रहनुभएको थियो ।
नब निर्बाचित जिल्ला अध्यक्षले अब आउने दिनमा बिद्यार्थीको हक हितका निम्ति आफु सधैँ तत्पर र तयार भएको प्रण गर्दै आबश्यक कार्ययोजनालाई कार्यानयन गर्नका निम्ति नयाँ कार्यक्रमको थालनी गर्ने बताए।
जिल्ला सचीव भएका सचिन खनाल भिमसेन थापा गाउपालिका अखिल क्रान्तिकारीको अध्यक्ष समेत हुन् त्यसैगरि उहाँ द्रव्य शाह बहुमुखी क्याम्पसको स्ववियु सचीव समेत हुन् ।।

सम्मेलनको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य कमला नहर्कि रहनु भएको थियो । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको गोर्खा जिल्ला फ्याक्स इन्चार्ज अकुर तिमल्सिना आयम , त्यसैगरी बिद्यार्थी नेताहरु रामकृष्ण भट्ट , शुभद्रा खड्का , अखिल क्रान्तिकारी गण्डकी प्रदेश उपाध्यक्ष अशोक मरह्ठ्ठा , प्रदेश सचीव प्रदिप ढकालको समेत उपस्थिति रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय