काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बैठक बोलाएको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबारका लागि बैठक बोलाएको हो ।

बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

बैठकका एजेन्डाबारे केही खुलाइएको छैन । तर, निर्वाचन समितिले १५ औं महाधिवेशनअन्तर्गत यसअघि तय भएका तल्लो तहका अधिवेशनहरूको मिति हेरफेर गर्ने सम्भावना छ ।

निर्वाचन समितिले यसअघि २४ भदौमा वडा अधिवेशन गर्ने मिति तय गरेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय