काठमाडौं । नेपाली सेनाले चिलिमे हाइड्रको टनेलसम्म जाने बाटो खोलिएको जनाएको छ । सैनिक मुख्यालय जंगीअड्डाका अनुसार हेभिइक्विपमेन्ट जान मिल्नेगरी टनेलसम्मको बाटो खोलिएको हो ।

यो होइड्रोमा विदेशीसहितको संयुक्त टोलीसँग काम भइरहेको सेनाले जनाएको छ । सेनाका अनुसार अहिले लेदो फाल्ने काम भइरहेको  छ।

त्यसैगरी रसुवागढी जलविद्युत आयोजनामा कम्पोसाइट क्विक रियाक्सन टिम तथा विदेशीसहितको संयुक्र खोज उद्धार टोलीमार्फत खोजीको काम भइरहेको सेनाले बताएको छ ।

लाङटाङ हाइड्रोमा पनि खोजी कार्य भइरहेको सेनाले बताएको छ ।

माथिल्लो त्रिशूली १ को हाकुबेंसीस्थित अडिट १ को टनेलमा नेपाली सेनाको टोलीले टनेलको २ सय मिटर आसपासको इलाकामा ड्रोनमार्फत रेकी गरी खोजी कार्य गरेको तर केही पनि फेला नपरेको बताएको छ ।

त्रिशूली ३ एको पावर हाउस तथा टनेल इलाकामा पनि संयुक्त टोलीमार्फत खोजी भइरहेको छ । त्रिशूली ३ बीमा पनि खोजी जारी रहेको सेनाको भनाइ छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय