काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्वविजय पराजुलीलाई आफ्नो मानवीय मामिला सल्लाहकारमा नियुक्त गरेका छन् । २४ भदौको मन्त्रीस्तरीय निर्णय अनुसार उनलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारको रूपमा नियुक्त गरिएको हो । भोटेकोशी बाढी पश्चात मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित छोटो अवधिका लागि नियुक्त गरिएको हो ।

पराजुलीको संयुक्त राष्ट्रसंघमा लामो र गहन अनुभव रहेको छ । उनको यो अनुभव नेपालमा विपद् पश्चातको मानवीय राहत र पुनर्स्थापनाको काममा निकै उपयोगी हुने विश्वास अर्थ मन्त्रालयले लिएको छ ।विशेष गरी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पराजुलीको विज्ञताले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । मन्त्री वाग्लेले पराजुलीलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै उनको सफल कार्यकालको कामना गरे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय