काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको २ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अझै सुरु नभएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

बैठकअघि पार्टीका पदाधिकारीहरू सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा छलफलमा छन् । बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्ने र आसन्न महाधिवेशनको प्रक्रियालाई सहज बनाउने विषयमा केन्द्रित रहेर छलफल हुने कार्यसूची छ।विशेषगरी, संस्थापन इतर समूहले राख्दै आएका विभिन्न मागहरूलाई सम्बोधन गर्ने र महाधिवेशनको प्रक्रियामा अवरोध पुर्‍याउने विधानका कतिपय धाराहरूलाई बाधा अड्काउ फुकाउमार्फत निलम्बन गर्ने वा संशोधन गर्ने विषयमा छलफल हुनेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय