काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले मंगलबार जारी बुलेटिन अनुसार बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ।

महाशाखाका अनुसार भदौ ३० देखि असोज १ गतेसम्म तीन दिन देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने अनुमान छ। आगामी तीन दिन कोशी, नारायणी र महाकाली नदी तथा तिनका मुख्य सहायक नदीहरूमा जलसतह ‘उल्लेख्य बढ्ने’ पूर्वानुमान छ। कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदी तथा तिनका सहायक नदीहरूमा जलसतह ‘सामान्य बढ्ने’ अनुमान गरिएको छ।

मंगलबार ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यी क्षेत्रका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ।

भदौ ३१ गते सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने छ। असोज १ गते कोशी र मधेस प्रदेश भई बहने केही स-साना नदीहरूमा पनि बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ।

811102702_122232973736355476_995166181501488258_n
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय