काठमाडौं : अपहरणमा परेका धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाका कमलेश महतोका १५ महिने छोरा सिधान्त महतोको सकुशल उद्वार गरिएको छ।

भदौ १८ गते घरकै आगंनमा खेलिरहेका सिधान्त एकाएक हराएपछि परिवारले प्रहरी चौकी गिद्धामा खबर गरेका थिए। खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी उपरीक्षक रुपेश खड्काको नेतृत्वमा खटिएको ६० जनाको प्रहरी टोलीले तालिमप्राप्त कुकुरसहित खोजी कार्य थालेको थियो। अनुसन्धानका क्रममा सिधान्तलाई कमला नगरपालिका–९ की ४१ वर्षीया पुनितादेवी पासवानले अपहरण गरेको खुलासा भएको थियो।

पासवानले सिधान्तलाई अपहरण गरी नेपाल तथा भारतका विभिन्न स्थानमा लुकाएर राखेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। त्यसपछि प्रहरीले जिल्लाका सम्पूर्ण नाकाहरुमा कडा निगरानी गरेको थियो। अपहरण गरेको ११ दिनपछि बालकलाई उनकै घर नजिक राखेर भाग्दै गरेको अवस्थामा प्रहरीले अपहरणकारी महिलालाई पक्राउ गरेको छ। बालकलाई परिवारको जिम्मा लगाइएको छ। अहिले बालकको स्वास्थ्य अवस्था सामान्य रहेको र बालक अपहरण गर्ने महिलामाथि अपहरण, शरीर बन्धक, मानव बेचविखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय