काठमाडौं  : नेपाल प्रिमियर लिग (एनपीएल) को एक फ्रेन्चाइज टोली विराटनगर किंग्सले एसीसी प्रिमियर कपको विजेता हरेक खेलाडी तथा अफिसियललाई नगद सहित सम्मान गर्ने भएको छ।

विराटनगरले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा हरेक खेलाडी तथा अफिसियललाई ५० हजार तथा विराटनगर किंग्स तथा नेपाल राष्ट्रिय टोलीका कप्तान सन्दीप लामीछानेलाई १ लाख दिने  घोषणा गरेको हो।

राष्ट्रिय टोलीले गरेको उत्कृष्ट प्रदर्शनको सम्मान स्वरुप विराटनगरले यो सम्मान गर्न लागेको हो। नेपालले मलेसियामा भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै उपाधी जितेको थियो। उपाधी जितेसँगै नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय