कोशी प्रदेश सरकारका मन्त्रिपरिषद्का सदस्य र सचिवालयका कर्मचारीले भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनका लागि एक साताको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् सदस्य, पदाधिकारी तथा सचिवालयमा कार्यरत कर्मचारीहरूको ७ दिनको पारिश्रमिक रकम सहयोगस्वरूप प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश सचिव दिवस आचार्यलाई प्रदेश लोकसेवा आयोग र प्रदेश सचिव आसमान तामाङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कामकाजका लागि खटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले जानकारी दिए ।

बैठकले ‘कोशी प्रदेशमा उत्पादित वस्तुको निर्यात सम्भावना अध्ययन कार्यदल’को म्याद ६० दिन थप गर्ने निर्णय पनि गरेको छ ।प्रदेश सरकार सञ्चालनका लागि नेकपा एमाले र नेकपाले संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न सबै मन्त्रालयमा लेखी पठाउने निर्णय पनि गरेको मन्त्री शेर्पाले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय