काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफूहरू बिक्री भएको प्रमाण २४ घण्टाभित्र दिन चुनौती दिएका छन् ।

बुधबार पार्टी कार्यलय धुम्बाराहीमा ज्ञापनपत्र बुझाउँदै नेता थापाले ‘को बिक्यो, कति रकममा बिक्यो, कसले किन्यो, कहिले, कहाँ र कसरी लेनदेन भयो ?’ भन्ने विवरणसहित प्रमाण सार्वजनिक गर्न चुनौती दिए ।

आरोप प्रमाणित भएमा आफूहरूमाथि जस्तोसुकै कारबाही गरेपनि स्वीकार गर्ने उनको भनाइ छ ।

‘अहिले हामी बिकेको भन्ने जुन कुरा छ, यो प्रमाण देखाउन सक्नुपर्‍यो । प्रमाण बिनाको कुरा गर्नु हुँदैन, हाम्रा माननीयहरू भेडाबाख्रा जस्तो बिक्रि भए र अर्काको ओछ्यान तताउन गए भन्ने जुन शब्दहरू छ, यो कुन तहको शब्द हो ? यस्तो शब्दहरू प्रयोग गर्नुभएको छ, यो कुरामा उहाँले प्रमाण दिनुपर्छ, २४ घण्टा भित्र प्रमाण दिन सक्नुभएन भने सार्वजनिक रूपमा माफी माग्नु पर्छ,’ नेता थापाले भने ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय