काठमाडौँ । मुलुकको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउन मसान्तसम्ममा ३९ खर्ब ४६ अर्ब २३ करोड (अमेरिकी डलर २५ अर्ब ८४ करोड) पुगेको छ । असार मसान्तको तुलनामा यो १.२ प्रतिशतको वृद्धि हो ।
वर्तमान सञ्चितिले आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको आयातलाई आधार मान्दा २१.८ महिनाको वस्तु आयात र १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।यस्तै, देशको बाह्य क्षेत्र थप सुदृढ देखिएको छ । साउन महिनामा चालु खाता रु. ९४ अर्ब ५९ करोड र शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड बचतमा रहेको छ । यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १ अर्ब १ करोड भित्रिएको छ ।








