२ असोज, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा छापा मारेको छ । सीआईबीको टोलीले शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुगेर विभिन्न कागजात तथा आवश्यक विवरणबारे अनुसन्धान थालेको हो ।

सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले शुक्रबार एन्फा मुख्यालय सातदोबाटोमा छापा मारिएको पुष्टि गरेका छन् । उनका अनुसार अनुसन्धानका क्रममा आवश्यक कागजात तथा अन्य सामग्री संकलन गर्ने काम भइरहेको छ ।

एन्फासँग सम्बन्धित केही विषयमा अनुसन्धान आवश्यक देखिएपछि सीआईबीको टोली एन्फा कार्यालय पुगेको बताइएको छ । छानबिनका क्रममा कार्यालयमा रहेका सम्बन्धित कागजात, अभिलेख तथा अन्य विवरणसमेत हेरिने बताइएको छ ।

सीआईबीले अनुसन्धानको विषय र त्यससँग सम्बन्धित थप विवरण भने तत्काल सार्वजनिक गरेको छैन । अनुसन्धान अघि बढ्दै जाँदा घटनासँग सम्बन्धित थप तथ्यहरू खुल्ने अपेक्षा गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय