काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असोज २१ गते प्रदेश अधिवेशन गर्ने भएको छ। पार्टी प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार सातै प्रदेशको अधिवेशन असोज २१ गतेका लागि तय भएको हो।

अहिलेसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको उनको भनाइ छ। राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६-२८ गतेसम्म काठमाडौंमा हुँदैछ। जिल्ला अधिवेशन सम्पन्न भएसँगै प्रदेशको तयारी सुरु भएको उनले बताए।

‘भदौ मसान्तसम्म जिल्ला अधिवेशन सक्ने कार्यतालिका बनाइएको थियो।भदौ १० को बाढीले तालिका केही प्रभावित भयो। बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलाई असोज १५ गतेसम्म अधिवेशन गर्न समय दिइएको छ,’ उनले भने, ‘अधिवेशन गर्न बाँकी रहेका जुम्ला र धनकुटालाई पनि असोज १५ गतेसम्म अधिवेशन सक्न पार्टीले निर्देशन दिएको छ।’

त्यस्तै प्रदेश अधिवेशनका लागि निर्वाचन समितिले साथै प्रदेशमा निर्वाचनि प्रतिनिधि खटाइसकेको उनको भनाइ छ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय