काठमाडौं । नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र तेस्रोबाट चौथोमा झरेका हुन् । उनको रेटिङ अंक २५६ नै कायम छ ।

नेपाली पुरुष टोलीले पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्रभन्दा तल रहेका विल ज्याक्सले हालै श्रीलंकासँगको टी-२०आई शृङ्खलामा गरेको प्रदर्शनका आधारमा तेस्रोमा उक्लिएकाले उनी तल झरेका हुन् ।

नेपाली टोलीले अब शुक्रबारदेखि एसियन गेम्सको क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ । त्यसबेला खेलाडीहरूको प्रदर्शनले वरियता हेरफेर हुन सक्छ ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२१ छ ।

दोस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् । अजमतुल्लाह ओमरजाइ पाँचौंमा छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय