काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले पार्टीमा उदाउँदै गरेको नयाँ पुस्तालाई विश्वास गर्न पार्टी नेतृत्वसमक्ष आग्रह गरेका छन् ।

ललितपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पार्टी आन्दोलन र अवस्था ठिकठाक नभएको सम्झाउँदै यस्तो आग्रह गरेका हुन् । पार्टीप्रतिको विश्वास र भरोसा टुट्दै गएकोप्रति उनले केन्द्रीय कमिटी बैठकमा चिन्ता व्यक्त गरेका थिए ।

‘…मेरो अनुरोध छ, की समाज र नयाँ पुस्ताको विश्वास जित्ने नयाँ मार्गचित्र बनाउनुहोस् । हामी त्यहाँ कसरी हिंड्ने त्यो भनिदिनुहोस् । की हामी नयाँ पुस्तालाई विश्वास गर्नुहोस्,’ सुहाङले भनेका छन्, ‘हामी पार्टी र आन्दोलनलाई सारा बन्धन र षड्यन्त्रबाट बाहिर निकालेर तपाईंहरूको गौरवमय इतिहासको कथा समाज, पुस्ता र दुनियाँलाई भन्छौं । त्यो मार्गचित्र र आत्मविश्वास हामी नयाँ पुस्तासँग छ ।’

अग्रज नेताहरूले परिर्वतनका लागि कष्टसाध्य असाधरण संघर्ष र योगदान गरेको समेत उनले बताएका छन् ।

उनले चे गोभारा र माओत्सेतुङका दुई भनाइ बैठकमा उद्धृत गर्दै नेम्वाङले ठिक छ भनेर असत्य बोल्नु नहुने र क्रान्तिकारीहरुले त झुटको सामना गर्दा पनि झुटको सहारा लिनु नहुने उल्लेख गरे ।

उनले भएका कमीकमजोरीहरूलाई औल्याउन डराउन नहुने माओको उल्लेख गदै भनेका छन्, ‘जसरी दिनहुँ अनुहार नहुँदा फोहोर जम्छ, त्यसैगरी आत्मसमीक्षा र गल्ती स्वीकार नगर्दा विचारमा पतन आउँछ । गल्ती लुकाउनु भनेको रोग लुकाउनु जस्तै हो, जसले अन्तत: विनाश नै ल्याउँछ ।’

उनले थप भनेका छन्, ‘यति भन्छु, हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ । कमरेड माओले भने जस्तै गल्ती लुकाउनु भनेको रोग लुकाउनु हो । फेरि भन्छु, तपाईहरुले गर्नुभएको कष्टसाध्य संघर्ष, योगदानको कथा र कम्युनिष्ट आन्दोलनको गौरवमयी कथा धेरै पुस्तासम्म भनीरहन चहान्छौं । सुनाइरहन चहान्छौं ।’

अब पनि पार्टी पुनर्गठित भएर उचाइमा हिंड्न नसके गौरवमय कथा सुन्ने नयाँ पुस्तामा केही नहुने उनले बैठकमा भने ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय