काठमाडौँ । अभिनेता बिराज भट्टको निर्देशन रहेको फिल्म ‘१२ गाउँ २’ टिजर सार्वजनिक गरिएको छ । टिजरमा बिराज भट्ट र समीर भट्टलाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।  बिराज र समीरलाई केन्द्रमा राखेर तयार गरिएको टिजरमा अनुपविक्रम शाहीलाई भिलेन अवतारमा प्रस्तुत गरिएको छ ।

‘१२ गाउँ २’ बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको कथा तथा पटकथा सन्तोष सरकारले लेखेका हुन् भने छायाङ्कन महेश पौडेलको रहेको छ । सरस्वती भट्ट निर्माता रहेको फिल्म दसैँको अवसर पारेर यही असोज ३० गतेबाट प्रदर्शनमा आउदैछ ।

फिल्ममा बिराज, समीर, अनुपविक्रम सहित प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारको अभिनय छ । फिल्मबाट कृशु शाही (काफिया) र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।

फिल्ममा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन र सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्दैछन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय