काठमाडौँ। काठमाडौँ उपत्यकामा आगामी तीन दिन भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनार तथा डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलद्वारा बिहीबार जारी सूचनामा सम्भावित विपद्‌बाट जोगिन पूर्व तयारी र सतर्कता अपनाउन सबै नागरिकलाई अनुरोध गरिएको छ।जल तथा मौसम विज्ञान विभागको पछिल्लो मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबारदेखि तीन दिनसम्म उपत्यकाका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने जनाएको हो।भारी वर्षाका कारण खोला, खोल्सी तथा नदी–नालामा पानीको सतह बढ्न सक्ने भएकाले नदी किनार र आसपासका डुबान प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।

प्रशासनले बाढीको जोखिम वा खतरा देखिएमा तत्काल सुरक्षित तथा उच्च स्थानमा जानसमेत आग्रह गरेको छ। साथै, सम्भावित विपद्का बेला आवश्यक सावधानी अपनाउन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्नसमेत अनुरोध गरिएको छ।

तत्काल उद्धार वा अन्य प्रकारको सहयोग आवश्यक परेमा टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले आग्रह गरेको छ।

b

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय