काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्।
बिहीबारको बैठकमा सभामुख अर्यालले सदनमा नियमापत्तिको अधिकारलाई सदुपयोग गर्न सांसदहरूलाई आग्रह गरेका हुन्।सदनमा नियमापत्ति गर्ने नाममा मुख्य विषयवस्तुभन्दा बाहिर जाने र आरोप-प्रत्यारोपमा उत्रिने प्रवृत्ति बढेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। कुनै एक राजनीतिक दलका नेताले अर्को दलप्रति लक्षित गर्दै धारणा राखेकै आधारमा सदनमा उभिएर विरोध जनाउने र नियमापत्तिका नाममा समय लिने परिपाटीप्रति लक्षित गर्दै सभामुख अर्यालले सांसदहरूलाई सचेत गराएका हुन्।








