ताप्लेजुङको मिरिङ्देन गाउँपालिका-३ स्थित दोभान बजारमा भएको आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको छ।
बिहीबार दिउँसो १:४० बजे डङ्ढु शेर्पाको घरमा सञ्चालित कपडा पसल र होटेलबाट विद्युत् सर्ट भई सुरु भएको आगो अपराह्न ५:३५ बजे पूर्ण रूपमा निभाइएको हो।आगलागीबाट आठ वटा घर पूर्ण रूपमा नष्ट भएका छन्। दुई वटा घरमा आंशिक क्षति पुगेको छ। घटनालगत्तै उद्धारमा खटिएको टोलीले ठुलो क्षति हुनबाट जोगाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजङ्घा गुल्म, नेपाल प्रहरी, नेपाली सेना, फुङलिङ नगरपालिकाका दुई वटा दमकल र स्थानीयवासीको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिइएको हो।सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले भने,‘सुरुमा आगो फैलिएपछि नियन्त्रणमा कठिनाइ भएको थियो।’ सुरक्षा निकाय, दमकल र स्थानीयको निरन्तर प्रयासपछि मात्र आगो नियन्त्रणमा लिन सम्भव भएको जानकारी उनले दिए। ‘सबैको प्रभावकारी समन्वयले गर्दा आगो थप बस्तीमा फैलिन पाएन,’ थापाले भने।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय