काठमाडौं : दोलखा भिमेश्वर नगरपालिका-२, फुल्पास्थित कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । शुक्रबार बिहान करिब ८ बजे शुक्लाबाट चरिकोटतर्फ जाँदै गरेको बा.प्र.०१-०३५ च ००२५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

दुर्घटनामा बोलेरोमा सवारमध्ये हालसम्म ८ जना घाइते भएको खुलेको छ । घाइतेहरूलाई उपचारका लागि पशुपति चौलागाईं स्मृति अस्पताल,चरिकोट पठाइएको छ ।

बोलेरो चालक दोलखा वैतेश्वर गाउँपालिका-३ बस्ने ३४ वर्षीय वृजन लामालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय