मनाङको हिमलुङ हिमाल बेस क्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परी बेपत्ता भएका दोलखाको गौरीशंकर गाउँपालिका–९ का किर्ते तामाङ मृत फेला परेका छन् ।

गत असोज ११ गते राति हिमपहिरो गएपछि सम्पर्क विहीन भएका तामाङको खोजी तथा उद्धारका क्रममा शव फेला परेको वडा अध्यक्ष ङिमा गेली शेर्पाले जानकारी दिए।

हिमपहिरोमा परेपछि तामाङको खोजी कार्य जारी राखिएको थियो। लामो समयपछि खोजीका क्रममा उनी मृत अवस्थामा भेटिएका हुन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय