सर्लाहीको बागमती नगरपालिका–३ धरहराका वडाध्यक्ष तिलकबहादुर मोक्तानको निधन भएको छ ।

मुटुरोगबाट पीडित ४७ वर्षीय मोक्तानको बिहीबार काठमाडौंमा उपचारका क्रममा निधन भएको उनका आफन्तले बताएका छन् ।

उपचारका लागि करिब एक महिनाअघि काठमाडौं गएका मोक्तानलाई पछिल्ला केही दिनदेखि ज्वरोसमेत देखिएको थियो ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ ।

मोक्तानको निधनप्रति स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा स्थानीयवासीले दु:ख व्यक्त गरेका छन् ।

मोक्तान २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट बागमती नगरपालिका–३ को वडाध्यक्षमा लगातार दुई कार्यकाल निर्वाचित भएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय