काठमाडौं । आम जनता पार्टी (आजपा) ले आन्दोलनको घोषणा गर्न भन्दै केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ ।

काठमाडौंको कमलाद स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार बस्नेगरी आजपाले केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।आजपाका प्रवक्ता सुभाष साहका अनुसार पार्टीको आगामी कार्ययोजनाको रुपरेखा तय गर्न बैठक राखिएको हो । जसले आगामी आन्दोलनको तयारी बारेमा महत्वपूर्ण निर्णय गर्नेछ ।उक्त बैठकमा सरकारको कामकारवाहीको समिक्षासहित अध्यक्ष प्रभु साहले प्रस्तुत गर्ने राजनीतिक प्रतिबेदनसहित समसामयिक बिषयमा महत्वपूर्ण निर्णय हुने प्रवक्ता साहले जनाएका छन् ।यसैगरी बैठकमा मुल्यबृद्धि, कालोबजारी, कर आतंक, मलखाद्यको अभाव, बाढीपीडितको पुनर्स्थापना तथा पुननिर्माण सहितका बिषयमा छलफल एवं निर्णय हुनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय