सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा नजिक बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो ।दुर्घटनामा गुल्मीको छत्रकोट गाउँपालिका–३ का ४७ वर्षीय नवराज पन्थ गम्भीर घाइते भएका थिए । उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल ल्याइएका पन्थको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले जानकारी दिए ।दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








