काठमाडौं। सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले बालेन शाह नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन्।
नेपाल कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकार ढल्छ-ढल्छ भन्ने मान्छे नै बेहोश भएर ढल्ने टिप्पणी गरेका हुन्।
‘कहिलेकाहीँ सुनिन्छ, सरकार कमजोर भयो, सरकार ढल्छ, अहिलै ढल्छ, भोलि ढल्छ, दशैंमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ, नेपाल संवत्मा ढल्छ, ढल्छ कि ढल्छ भनेको सुन्छु’, उनले भने, ‘ढल्न त ढल्छ, तर यो पटक-पटक सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर बेहोश भएर ढल्छ।’
उनले यसपटक व्यक्तिलाई चुनेको भन्दा पनि इतिहासलाई बदल्नको लागि सरकार चुनेको बताए। उनले जनमतको हुर्मत लिने काम नगर्न पनि आग्रह गरे।








