काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिलाई बचाउन वा फसाउन लोकतन्त्रको दुरुपयोग गर्न नहुने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन आइतबार खुलामञ्चमा सम्बोधन गर्दै उनले लोकतन्त्रको मूल्य र मान्यतालाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुपर्नेमा जोड दिए।सभापति लामिछानेले नेपाली कांग्रेसलाई कम्तीमा आगामी साढे वर्षसम्म धैर्य गर्न आग्रहसमेत गरे। त्यस्तै, पार्टीका कार्यक्रमहरूमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर भइरहेका टीकाटिप्पणीबारे स्पष्ट पार्दै उनले यस विषयलाई अतिरञ्जित ढङ्गले नहेर्न आग्रह गरे। ‘पार्टीको काममा प्रधानमन्त्री सहभागी नभएको विषयलाई अतिरञ्जित ढङ्गले नहेरिदिनुहोला’, लामिछानेले भने, ‘हामीले पार्टी र सरकारको विषयमा काम बाँडफाँड गरेका छौँ। पार्टीको काम मैले गर्छु, सरकारको काम प्रधानमन्त्रीले गर्नुहुन्छ।








