काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले देशका समस्याहरूलाई कोही मान्छेले पनि सहजै रुपमा लिन नहुने बताएका छन् ।

विश्व राजनीतिको समेत देशमा प्रभाव परिरहेको स्मरण गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीको आजबाट सुरु भएको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले हल्का ढंगले अहिलेका समस्याहरूलाई लिन नहुने जिकिर गरे ।

‘हाम्रो समस्याहरूलाई हल्का ढंगले– फेरि हिजो कसैले गर्दै गरेन, आज म आएको छु, छु मन्तर जसरी हल हुन्छ भनेर समस्याको हल पनि हुँदैन,’ उनले भने, ‘नेपालको समस्या नेपालको कारणले मात्रै पनि छैन । विश्व राजनीतिले हामीलाई कसरी गाँजेको छ हामीले हेर्नुपर्दैन ?’रुस र युक्रेनको युद्धको प्रभाव नेपाललाई परेको छैन ? भन्दै उनले प्रश्न गरे, ‘मध्यपूर्वमा जे भइरहेको छ त्यसको प्रभावबाट नेपाल मुक्त हुन सक्छ ?’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय