नेपाली कांग्रेसका नेता श्याम घिमिरे केन्द्रीय सदस्यमा पराजित भएका छन्। १५ औँ महाधिवेशनमा घिमिरे खुलातर्फबाट केन्द्रीय सदस्य उम्मेदवार बनेका थिए।

खुलातर्फबाट ४५ जना निर्वाचित हुँदा पनि पूर्वप्रमुख सचेतक समेत रहेका घिमिरे पराजित भए। उनले २ हजार २२० मत प्राप्त गरे।

घिमिरे विशेष महाधिवेशन पक्षधर नेता होइनन्। उनी महाधिवेशनअघि मात्रै पूर्वसभापति शेरबहादुर देउवा समूह छाडेर आएका थिए। १४ औँ महाधिवेशनमा भने उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय