काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा वृद्धि गरेको छ।

केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै चाडपर्वका बेला वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको हो।

नयाँ व्यवस्था अनुसार अब दसैँ, तिहार र छठका बेला प्राकृतिक व्यक्तिको हकमा एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिनेछ। यो सुविधा असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म उपलब्ध हुनेछ। यसअघि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा १० पटक मात्र रकम जम्मा गर्न पाइने व्यवस्था थियो।

राष्ट्र बैंकले चाडपर्वका अवसरमा नगद कारोबारलाई न्यूनीकरण गर्दै डिजिटल कारोबारलाई प्राथमिकता दिन जोड दिएको छ। यसअघि चाडपर्वमा दक्षिणा दिँदा समेत डिजिटल माध्यम प्रयोग गर्न केन्द्रीय बैंकले आग्रह गरेको थियो। वालेटमा रकम जम्मा गर्ने सीमा बढेसँगै डिजिटल कारोबारको दायरा फराकिलो हुने र राष्ट्र बैंकको यो नीति थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

845941041_1068438529391952_5958027730370006292_n
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय