काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीतिसमेत खलबलिएको बताएका छन् ।

सोमबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाजमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंसको प्रवृत्ति बढेको बताए ।

उनले संसद् भवन निर्माण गर्नुभन्दा आगो लगाउने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुभन्दा नष्ट गर्ने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि व्यक्त गरे । ओलीले आफू नेतृत्वको सरकारले विभिन्न स्थानमा ठूला सभाहल, रङ्गशाला तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको दाबी गरे ।

अध्यक्ष ओलीले विकासका संरचना भत्काउने, झुट बोल्ने र राष्ट्रिय सम्पत्तिमा आगजनी तथा लुटपाट गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरे । यस्ता गतिविधिको जड समाजमा सांस्कृतिक भावना कमजोर हुनु रहेको उनको तर्क छ ।

‘आज राजनीति र समाजमा देखिएको विकृतिको एउटा कारण हाम्रो सांस्कृतिक र नैतिक चेतनामा आएको ह्रास पनि हो’, उनले भने, ‘मानिसको मनमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंस र स्वार्थको भावना बढ्दै गएको देखिन्छ ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय