काठमाडौं । भदौ १० गते आएको बाढीका कारण क्षतिग्रस्त भएको रसुवाको स्याफ्रुबेँसीस्थित पुलको पुनर्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा आएको छ ।

नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड तथा आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि एवं कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समुदायको संयुक्त श्रमदानमा तीन दिनमै पुल पुनर्निर्माण गरिएको हो । नेपाल रेडक्रसले पुलका लागि आवश्यक सामग्री र मिस्त्रीको ज्याला उपलब्ध गराउने जनाइएको छ ।

विपद्को कठिन घडीमा सबै पक्षको एकता, सहकार्य र सामूहिक प्रयासबाट छोटो समयमै पुल पुनर्निर्माण हुनु उदाहरणीय भएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य शारदा कुमार न्यौपानेले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय