काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा परिसूचक ०.७४ अंकले बढेर २६२२.९७ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ५१ वटा स्क्रिप्सको १७ हजार ७७५ कित्ता सेयर ७७ लाख २३ हजार ९६० रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो। ५ वटा स्टक्सको मूल्य स्थिर रह्यो।






