काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ९ हजार ३०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघिको कारोबार दिन बुधबार छापावाल सुन ३ लाख चार हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । आज चाँदी २६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८५५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय