काठमाडौं । समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका एक जना व्यक्ति विमानस्थलबाट पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा राकेशकुमार रावल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनी नेपाल एयरलाइन्समार्फत विदेश जाने तयारीमा थिए ।

सो क्रममा गरिएको जाँचबुझका क्रममा उनी समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय